राजनीति

प्रधानमन्त्रीले गरे सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन्। भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा शनिबार आयोजित कार्यक्रमकाबिच प्रधानमन्त्री ओलीले दुई सय जनालाई जग्गाधनी पुर्जा वितरण गरेका हुन्। 

प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले धनी पुर्जा पाउनु खुसीको कुरा भएको बताए। उनले वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको पनि बताए। 

भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गरिने पनि प्रधानमन्त्री ओलीले जानकारी दिए। उनले भूमिको अधिकतम उपयोग गर्ने, विशेष गरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएको बताए।  रासस

प्रकाशित: २८ असार २०८२ १८:५० शनिबार

#NagarikNews #KP Sharma Oli