राजनीति

प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको भन्नुभएको होइन, अचम्ममा परेको भन्नुभएको हो : प्रवक्ता

सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादमा संसद्‍मा बोलेका कुरा पुन: सुन्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको नभनी बरू आफू अचम्ममा परेको भनेर भनेको बताउँदै उनले यस्तो आग्रह गरेका हुन्।

'सीमा विवादको काम अगाडि बढाउँदा अर्को पक्षले नेपालले पनि भारतको भूमि मिचेको भन्ने कुरा आएपछि आफू पनि अचम्ममा परेको प्रधानमन्त्रले भन्नुभएको हो,' मन्त्रिपरिषद्‍को निर्णय सुनाउने क्रममा पत्र‍कारको प्रश्नको जवाफ दिँदै उनले भने, 'सीमा विवादबारे संसद्‍मा बोलेका कुरा पुन: सुन्नुहोला।'

प्रकाशित: १९ जेष्ठ २०८३ १३:२१ मंगलबार