राजनीति

प्रधानमन्त्रीले टीका लगाइनन्, जेन–जी आन्दोलनका मृतक परिवार भेट्दै

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजया दशमीको टीका लगाइनन्। प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका शहीदको सम्मानमा यस वर्ष टीका नलाउने यसअघि नै घोषणा गरेकी थिइन्। 

बरु विजयादशमीका दिन आज जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्ने भएकी छन्। काठमाडौंमै रहेका बागलुङका मृतक सौरन किशोर श्रेष्ठ, नागार्जुन–३ काठमाडौंकी मृतक कान्छी नगरकोटी र कीर्तिपुरको मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई प्रधानमन्त्री कार्की भेट्न गइरहेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०८२ १३:४५ बिहीबार