प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धन दलका दुई नेताहरु शेर बहादुर देउवा र उपेन्द्र यादवलाई बालुवाटार बोलाएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि उनलाई हटाउने विषयमा छलफल गर्न सत्तारुढ दलका दुई नेतालाई बालुवाटार बोलाएका हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँका अनुसार प्रधानमन्त्रीले कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष यादवलाई समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको बताए।
उनीहरुलाई सोमबार साँझ ७ बजे छलफलका लागि बोलाइएको छ। त्यसअघि मन्त्रीपरिषद्को बैठक बस्दै छ।
प्रकाशित: ३० असार २०८२ १७:३८ सोमबार