राजनीति

राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौं फर्केर  राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

सरकारले यसअघि भदौ १० गतेको बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिको सम्मानस्वरुप आज १३ औँ दिनको पुण्य तिथिका दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

सोहिअनुसार आज मुलुकभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

प्रकाशित: २२ भाद्र २०८३ १४:३३ सोमबार