नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङले जुन थालमा खायो त्यसैलाई छेद पारेको आरोप लगाएका छन् ।
शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा लोडसेडिङको अन्त्य आफू नेतृत्वको सरकारले गरेको दावी गर्दै अहिले गुन बिर्सेको बताए ।
‘कुलमानले गुन बिर्से, जुन थालमा खायो त्यसैमा छेद गरिरहेका छन्,’ उनले भने, ‘कुलमानको बुद्धि फिरोस ।’ उनले प्रधानमन्त्रीको हैसियतले आफूले टिपेर कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको दावी गरे । ‘प्रचण्डले टिपेर ल्याएको हो कुरा बिर्से,’ उनले भने, ‘अहिले लाजको मर्नु ! यो भन्दाबढी भन्दैन् ।’
प्रकाशित: २७ मंसिर २०८२ १७:०७ शनिबार