राजनीति

‘राजनीतिक निकास दिन नेकपा सरकारबाट बाहिरिएको हो’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्।

ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री जवाहर प्रसाद कुशबाहाले राजनीतिक निकासका लागि आफूहरूले सरकार छाडेको बताएका छन्।

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकार अल्पमतमा परेको अवस्थाको निकास निकाल्न र नयाँ सरकार गठनका लागि बाटो सहज बनाउन राजीनामा दिएको स्पष्ट पारे।

‘यो एउटा शब्द बुझ्नुहोला, राजनीतिक निकासको लागि हामीले राजीनामा दिएको हो। सरकार बन्नको लागि बाटो खुलोस्, सजिलो होस् भनेर मात्रै हो। अरू खासै केही होइन त्यसमा,’ उनले भने।

उनले पछिल्लो समय देखिएको सरकारको अल्पमतसम्बन्धी समस्याको निकास निकाल्न आफूहरूले राजीनामा दिएको बताए।

‘अहिले पछिल्लो समय जुन देखियो, सरकारको अल्पमतको जुन समस्या देखियो, यसको निकास निकाल्नको लागि हामीले यो दिएको हो राजीनामा। अन्यथा यसलाई नलिनुहोला,’ उनले भने।

मन्त्री कुशबाहाले आफ्नो दलबाट सरकारमा सहभागी सबै मन्त्रीले राजीनामा दिएको पनि जानकारी दिए।

प्रकाशित: २० कार्तिक २०८३ १९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App