राजनीति

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकियो, के भयो छलफल ?

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न भएको छ।

सिंहदरबारस्थित परिषद्को सचिवालयमा सम्पन्न बैठकमा समग्र सुरक्षा अवस्थाका बारेमा छलफल भएको थियो।

बैठकमा शान्ति, सुरक्षा तथा अमनचयन, विपद् प्रतिकार्य तयारी, राष्ट्रिय सुरक्षाजस्ता विषयमा छलफल भएको परिषद्का सदस्यसचिव एवं रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरेले जानकारी दिए। 

प्रकाशित: ११ मंसिर २०८३ १६:३८ शुक्रबार