राजनीति

सभामुखलाई माओवादीको प्रश्न : रास्वपा र राप्रपा बिना कहिलेसम्म संसद् चलाउने ?

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि विश्वासमा लिएर संसद् सञ्चालन गर्न सभामुखलाई आग्रह गरेको छ।

मङ्गलबार (आज) बसेको प्रतिनिधि सभामा बोल्दै माओवादी सांसद राजन दाहालले सभामुख देवराज घिमिरेलाई रास्वपा र राप्रपालाई विश्वासमा लिएर संसद् सञ्चालन गर्न आग्रह गरे।

‘लामो समयदेखि रास्वपा र राप्रपाले आफ्नो अहमतिका बुँदासहित निरन्तर विरोध गरिरहनुभएको छ। सम्माननीय सभामुख महोदय यहाँले उहाँहरूलाई पनि विश्वासमा लिएर संसद् सञ्चालन गर्न पनि म हार्दिक अनुरोध गर्न चाहन्छु,’ सांसद दाहालले भने।

यस्तै उनले पछिल्लो एक वर्षयता सरकारका हरेक निर्णय अपादर्शी रहेको दाबी गरे। ‘पछिल्लो एक वर्षमा सरकार लगातार विभाजित छ। सरकारले गरेका हरेक निर्णयहरू विभाजित छन्। हरेक निर्णयहरू अपारदर्शी छन्। सरकार जनताप्रति उत्तरदायी छैन। सरकार पारदर्शी ढङ्गले सञ्चालित छैन। हजार तर्क हुन सक्छन् तर, सत्य एउटै हुन्छ,’ उनले भने।

प्रकाशित: ३१ असार २०८२ १४:३६ मंगलबार

#Raswapa #raprapa #Nagariknews #RajanDahal