राजनीति

प्रधानमन्त्रीको देश बनाउने गाडीको लाइसेन्स पनि परीक्षण हुनुपर्छ : रक्षा बम

जेनजी अभियान्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्व शैलीप्रति टिप्पणी गर्दै नेतृत्वमा संयमता, संवाद र यथार्थपरक निर्णय आवश्यक रहेको  बताएकी छिन्।

सामाजिक सञ्जालमार्फत बमले प्रधानमन्त्रीलाई उनले वर्तमान परिस्थितिमा सरकार संयमित ढंगले अघि बढ्नुपर्ने सुझाव  दिँदै उनले लेखेकी छिन्, ‘ब्रेक नछोई देश बनाउने गाडी हाँकिरहेका प्रधानमन्त्रीले जसोतसो यो घुम्ती पार गरे भने, अर्को घुम्तीमा भने उनको लाइसेन्स अवश्य जाँचिनुपर्छ।’  

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले बन्द कोठाबाट बाहिर निस्केर जनतासँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेकी छिन् । ‘श्री चश्माधारी प्रधानमन्त्रीज्यु , एकपटक टाउको उठाएर अलिपर हेर्नुस्। कृपया चश्मा खोल्नुस्, बन्द कोठाबाट बाहिर निस्कनुस् र देशवासीलाई सम्बोधन गर्नुस्,’ उनले लेखेकी छिन्।  

प्रकाशित: १४ श्रावण २०८३ १६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App