राजनीति

कार्की आयोगको प्रतिवेदन ‘लिक’ हुनु राज्य संयन्त्रको असफलताः रक्षा बम

जेन जी फ्रन्टकी संयोजक रक्षा बमले कार्की आयोगको प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक हुनु अघि नै सञ्चारमाध्यममा लिक हुनु राज्यको इंटेलिजेन्स संयन्त्र कमजोर भएको प्रमाण भएको बताएकी छिन्। 

उनले समाजिक सञ्जालमा लेख्दै  प्रतिवेदन सार्वजनिक नभएको अवस्थामा विभिन्न सञ्चारमाध्यममा प्रतिवेदनको अंश आउनु सरकारका सुरक्षा र सूचना संयन्त्रको  असफलता रहेको बताएकी छिन् ।  

‘कार्की आयोगको प्रतिवेदन अहिले जताततै मिडियामा ‘लिक’ हुँदै सूचनाहरू सार्वजनिक भइरहेका छन्। यसले हाम्रो राज्यका इंटेलिजेन्स संयन्त्र कति कमजोर छन् भन्ने स्पष्ट देखाएको छ, यो सरकारका संयन्त्रहरूको असफलताको नाङ्गो प्रमाण हो।’ उनले लेखेकी छिन् ।  

संयोजक बमले सरकारले अझै प्रतिवेदन सार्वजनिक नगरी  औपचारिकता कुरेको बताएकी छिन् । अहिलेको सरकार पनि प्रतिवेदन सार्वजनिक गर्न साइत हेरिरहेको भन्दै आक्रोश व्यक्ति गरेकी छिन् ।  

त्यसैगरी अर्की जेन जी अभियान्ता तनुुजा पाण्डेले आयोगको प्रतिवेदन ‘लिक भिडियो’ बाट थाहा पाउनुपर्ने  प्रधानमन्त्रीज्यूको सुशासनको परिभाषा हो भन्दै प्रश्न गरेकी छिन् । उनले आधा–आधा अंश पढेर, आधा सत्य हेरेर भदौ  २३ र २४ मा के भएको थियो भन्दै आफै निष्कर्षमा पुग्नुपर्ने अवस्था आएको हो की भन्ने आशंका समेत व्यक्ति गरेकी छिन् ।    

झुटभन्दा आधा सत्य  खतरनाक हुने भन्दै  देशको मजाक नबनाउन र शहीदको रगतलाई सस्तो रुपमा सरकारले नहेर्न आवहान गरेकी छिन् । 

भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको  छानबिनका लागि गठन गरिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन ६ महिनासम्म सार्वजनिक नगरिएको भन्दै सडकमा असन्तुष्टि बढिरहेका बेला प्रतिवेदनका अंशहरू सञ्चारमाध्यममा बाहिरिएका हुन्।  

प्रकाशित: ११ चैत्र २०८२ १७:५८ बुधबार