राजनीति

बुधबार प्रतिनिधि सभाको बैठक बस्ने, विनाशकारी बाढीबारे छलफल हुने

प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ। बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको हो। 

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक आह्वानको निर्णय गरेको हो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबारे विशेष प्रस्ताव पेस गर्ने तय भएको छ।

यसअघि भदौ १०मा बसेको बैठक अनिश्चित कालका लागि स्थगित भएको थियो।

भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ९८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जसमा ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते र हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८३ १२:३९ मंगलबार