राजनीति

सरकार तिम्रो भय र भ्रमले विचलित हुँदैन, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदै छु : सहमहामन्त्री शिवाकोटी

फाइल तस्बिर

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारलाई चुनौती दिँदै आफू काठमाडौं आउँदै गरेको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।’

प्रकाशित: १९ कार्तिक २०८३ ०९:५१ बिहीबार