बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्त लिएका भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार गत आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उनीहरूलाई सोमबार लिखित पत्र पठाइएको छ।
उनीहरूलाई एक महिनाभित्र स्वदेश फर्कन निर्देशन दिइएको छ।
फिर्ता बोलाइएका राजदूतहरूमा डा. शंकर शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), सुम्निमा तुलाधर (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादुर नेपाली (श्रीलंका) रहेका छन्।
यसअघि उनीहरूलाई राजीनामा दिन सत्तारूढ दल रास्वपा सभापति रवि लामिछानेले संसद्मार्फत सार्वजनिक रूपमा अपिल समेत गरेका थिए।
प्रकाशित: २४ चैत्र २०८२ ०९:०४ मंगलबार