राजनीति

सरकारलाई ५/६ महिना अघिनै नेपालमा सडक आन्दोलन हुँदैछ भन्ने पूर्वानुमान थियो

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालमा सडक आन्दोलन हुँदैछ भन्ने पूर्वानुमान भए पनि अहिले भएजस्तो हुन्छ भन्ने आँकलन नै नभएको बताएका छन् ।  

नागरिक फन्टलाइनमा कुराकानी गर्दै सचिव भट्टराईले एमालेको आजदेखि जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बताएका उल्लेख गरे ।  

उनले भने, ‘अध्यक्ष ज्यूले आजको बैठकमा पनि भन्नुभयो । २४ घण्टा अगाडि होइन कि ५/६ महिना अगाडिदेखि नै नेपालमा केही हुँदैछ भन्ने कुरा आएका थिए । हाम्रा गुप्तचर संस्थाहरूले पनि संकेत गरेका थिए । यो तहको हुन्छ भन्ने चाहिँ पूर्वानुमान गरिएको थिएन ।’

भट्टराईले सामाजिक सञ्जालमा गरिएको नियमनले आक्रोशलाई बढावा दिएको पाइएको बताए ।  

प्रकाशित: २९ आश्विन २०८२ १९:२३ बुधबार