नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। नवनिर्वाचित महासचिव शंकर पोखरेलले नयाँ निर्वाचित केन्द्रीय समितिको बैठक भोलि(शुक्रबार) दिउँसो १ बजे बस्ने जानकारी दिए।
पोखरेलका अनुसार बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्नेछ।
प्रकाशित: ३ पुस २०८२ १८:१६ बिहीबार