राजनीति

पूर्वराजाका संवाद सचिव पाठक अझै बयान दिँदै

पूर्वराजा ज्ञानेन्द्र शाहका संवादसचिव डा. फणी पाठकलाई प्रहरीले अहिलेसम्म बयान लिइरहेको छ । 

संविधान विपरित कार्य गरेको आरोपमा शुक्रबार विहानै बोलाइएका डा. पाठकलाई अहिलेसम्म बयान लिइरहेको छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सोधपुछका लागि बोलाएको थियो । 

‘उहाँलाई हामीले केही विषयमा कुराकानी गरिरहेका छौ’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहोराले भने । पूर्वराजा शाहलाई गर्ने सम्बोधनको शब्द तथा शैलीको विषय संसद्‌मा पनि उठाइएपछि  प्रहरीले उनलाई सोधपुछका लागि बोलाइएको थियो ।

प्रकाशित: २७ असार २०८२ १८:३२ शुक्रबार

#NagarikNews #NepaliNews #Gyanendrasaha