नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले दलहरूसँग गरेको छलफललाई तमासाको संज्ञा दिएका छन् ।
नेसनल युथ भोलेन्टियर फोर्स घोषणासभामा ओलीले प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन नसक्ने बताए।
उनले निर्वाचन आयोगमा दर्ता भएका दलहरूसँगको छलफल एमाले, नेपाली कांग्रेसजस्ता पार्टीको अपमान गर्ने खालको भएको टिप्पणी गरे ।
उनले भने, ‘तपाईंले सक्नु हुन्न । मनसाय पनि देखिँदैन । तपाईंले गरेका वार्ता कस्ता छन् ? १२५ वटा पार्टी बोलाएर वार्ता गरेका रे । एमाले, कांग्रेसजस्ता पार्टीलाई अपमान गरेको हो । १२५ पार्टीसँग वार्ता गरेको नाटक, तमासा गरेर ।’
उनले तमासा भए पनि एमालेले आफ्ना भनाइ राखिरहेको बताए ।
प्रधानमन्त्री कार्कीले गएको बुधबार १२५ दलका प्रतिनिधिलाई वार्तामा बोलाएकी थिइन् । छलफलमा ११० भन्दा बढी दलका प्रतिनिधिको सहभागिता थियो ।
प्रकाशित: ५ मंसिर २०८२ १५:४९ शुक्रबार