नेकपा एमालेका नेता गोकुल बास्कोटाले जेनजी शहीदप्रति श्रद्धाञ्जली अर्षण गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले श्रद्धाञ्जली अर्षण गरेका हुन्। उनले माग स्वाभाविक भए पनि सुन्न र बुझाउन नसक्नु राज्यको भुल भएको बताए।
आन्दोलनमा षड्यन्त्रको खेल पक्कै थियो भन्दै माइतिघर जाने निर्दोष युवालाई यो थाहा नभएको भनाइ राखे।
जे भो इतिहासले भुल्न नसक्ने भयो। ०८२ भाद्र २३ र २४। युवा शहीदप्रति श्रद्धाञ्जली!
'माग स्वाभाविक थिए, सुन्न र बुझाउन नसक्नु राज्यको भुल थियो। षड्यन्त्रको खेल पक्कै थियो। तर माइतिघर जाने निर्दोष युवालाई थाहा थिएन। जे भो इतिहासले भुल्न नसक्ने भयो,' उनले भने, '०८२ भाद्र २३ र२४। युवा शहीदप्रति श्रद्धाञ्जली!'
प्रकाशित: २३ भाद्र २०८३ १३:१६ मंगलबार