राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले पूर्वनव युवराज ह्रदयन्द्र शाहको शालीनता समाजमा प्रकट भएको बताएका छन्।
केही समय अगाडि ह्रदयन्द्र जुम्ला गएका थिए। उनले जुम्लाका कथावस्तु समेटेर एउटा भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियो सार्वजनिक हुने बित्तिक्कै सर्वत्र चर्चा पाएको छ। सोही भिडियो सेयर गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।
उनले देश बुझ्ने, देश चिन्ने क्रममा नव युवराजको यो सरल शैलीले जनमानसमा सकारात्मक छाप छोडेको दाबी समेत गरेका छन्।
'क्रमश: हुर्कँदै गरेको नव युवराज ह्रदयन्द्रको शालीनता समाजमा प्रकट भएको छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'देश बुझ्ने, देश चिन्ने क्रममा नव युवराजको यो सरल शैलीले जनमानसमा सकारात्मक छाप छोडेको छ। कर्णालीबाट देश नियाल्नु उपयुक्त छनौट नव युवराजको।'
प्रकाशित: १६ श्रावण २०८२ ०९:५२ शुक्रबार