राजनीति

सुशासन र आर्थिक विकासको नारा बोकेको वर्तमान सरकार उल्टो बाटो हिँड्यो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सुशासन र आर्थिक विकासका नारा दिएर अपार जनमत पाएर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सरकार उल्टो बाटो हिँडेको आरोप लगाएका छन्।

उनले वर्तमान सरकार अधिकारहरूलाई केन्द्रीकृत गरी अधिनायवाद तर्फ उन्मुख रहेको बताए। जसपा नेपाल कपिलवस्तुले तौलिहवामा राखेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

उनले वर्तमान सरकारले आर्थिक विकासको नारा दिए पनि कृषकहरूको समस्या समाधान नभएको, उद्योगी व्यवसायी पलायन भएको, बेरोजगारी बढेको र सीमा क्षेत्रका बासिन्दामाथि ज्यादती बढेको बताए।

‘सरकारले सुशासनको नामा कुशासन बढाएको छ, करको भारी जनतामाथि करको भारी थुपारिएको छ’, उनले भने। भ्रष्ट्राचार र बिचौलिया तन्त्र नरोकिएको उनले बताए।

संवैधानिक परिषद् मन्त्रालयको अधिकारलाई एकीकृत गरी अधिनायकवाद तर्फ लम्किएको उनले आरोप छ। सार्वभौमसत्ता समेत अहिले खुम्चिएको भन्दै वर्तमान सरकारले सुधार गरी लैजानु पर्ने उनको भनाइ छ।

सुशासन र विकासका नामा जनताले भोट दिएकाले सुधार गरी लैजानु वर्तमान सरकारको कर्तव्य रहेको बताउँदै उनले वर्तमान सरकारले संविधान संशोधनका कुरा गरे पनि अझै सम्म कुनै सुरुवात नगरको आरोप लगाए।

अहिले संविधान संशोधन देश कै प्रमुख आवश्यकता रहेको बताउँदै उनले  अहिले पनि उत्पीडित मधेसी, थारु जनजाति अल्पसङ्ख्यक समुदायमाथि भेदभाव कायम रहेको उनले बताए।

उनले संविधान संशोधन गर्ने भनी चुनाव अघि चर्को भाषण गरिए पनि त्यो भने अझै सम्म गरेको नदेखिएको उनले बताए। सामाजिक सञ्जालमा लगाएको रोक र युवाहरूको आवाज नसुनिएकाले तत्कालीन ओली सरकारविरुद्ध जेनजी आन्दोलनले ढालेको बताए। 

यस्तै, उनले कांग्रेस र एमालेको तत्कालीन सरकारले युवाहरूको भावना विपरीत दमनकारी नीति लिएकाले धराशायी र विफल भएको बताए। तत्कालीन सरकार भ्रष्ट्राचार कुशासन, बिचौलियाको संस्कृति राज्य संयन्त्रको दोहन संम्बैधानिक निकाये भर्ती केन्द्र लगायतका विकृति विरुद्ध युवाहरूले गरेको विरुद्धले ओली सरकार पल्टिएको उनको भनाइ छ।

यस्तै, उनले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट नेपालले धेरै जनधनको क्षति बेहोर्नु परकोले त्यसका लागि अन्तर्राष्ट्रिय स्तरबाट वातावरणीय न्याय खोज्नु पर्ने बताए।

ठुला औद्योगिक राष्ट्रले गरेको गल्तीको सजाय नेपाल जस्तो सानो राष्ट्रले भोग्नु परको भन्दै त्यसको न्यायका लागि नेपाले संयुक्त राष्ट्र संघमा न्याय र क्षतिपुर्तिका लागि आवाज उठाउनु पर्ने उनको भनाइ छ।

‘जुन देशले वातावरण दूषित गरेको छ, उसले हर्जाना समेत तिर्नु पर्छ’, उनले भने। भोटेकोशीको बाढीका कारण सहाराविहीन बनेको नागरिकको साहारा राज्य बन्नु पर्ने बताए।

यस्तै, लुम्बिनी प्रदेश सरकारमा पाटीको नीति र निर्देशन विपरीत सहभागी भएका ४ जना प्रदेश सदस्य तर्फ इ‌ंकित गर्दै पाटी भन्दा कोही माथि नहुने बताए। उनले पार्टीमा आबद्ध भएकाहरूले पाटी अनुशासनमा बस्नु पर्ने बताए। अनुशासन विपरीत काम गर्नेहरूलाई पार्टीले कारबाही गर्ने उनले चेतावनी समेत दिए।

यस्तै, पार्टी उपाध्यक्ष जितेन्द्र सोनल, केन्द्रीय सदस्यहरू अम्बिका काफ्ले, सुदीप पौडेल अब्दुल रसिद खा, प्रदेश अध्यक्ष रामओतार यादव लगायतले पार्टीलाई मजबुत बनाउन पार्टी अनुशासनमा बस्नु पर्ने बताए। 

प्रकाशित: २३ भाद्र २०८३ १७:१५ मंगलबार