राजनीति

प्रतिनिधि सभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो: अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सम्मानित अदालतले प्रतिनिधि सभालाई संवैधानिक नभएको जस्तो व्यवहार देखाएको बताएका छन्।

राष्ट्रिय भेलाको उद्घाटन समारोहमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले बेलाबेला अदालतलबाट संसद् सम्बन्धी आफूखुसी गरेको फैसलालाई स्वीकार्दै आएको औंल्याउँदै अहिले किन चुप भनेर अदालतप्रति प्रश्न गरे।

उनले भने, 'प्रतिनिधि सभाको विघटन सम्बन्धी सम्मानित अदालतबाट आफू अनुकूल फैसला भइरहेको देखेकै हो। हामीले स्वीकार्दै आएका हौं। अहिले सम्मानित प्रतिनिधि सभाको मुद्दा अदालतमा छ। तर अदालतले प्रतिनिधिसभा संवैधानिक होइन जस्तो गरेको छ। कुनै फैसला गर्दैन।'

प्रकाशित: २ मंसिर २०८३ १२:४२ बुधबार