राजनीति

आज मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् चार मन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्।

सुधा गौतम स्वास्थ्य (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री), गणपतिलाल श्रेष्ठ पर्यटन (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री), बब्लु गुप्ता खेलकुद (युवा तथा खेलकुद मन्त्री) र खगेन्द्र सुनार श्रम (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) मन्त्री बन्ने बालुवाटार श्रोतले जानकारी दियो। 

चारै मन्त्रीलाई आजै शपथ खुवाउने कार्यक्रम रहेको छ। योसहित कार्की नेतृत्वको मन्त्रिपरिषद् अब १२ सदस्यीय हुने भएको छ।

प्रकाशित: ९ कार्तिक २०८२ १०:५४ आइतबार