प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहिद दिवसको अवसरमा शुभकामना दिएको छ।
मंगलबार जारी सन्देशमा भनिएको छ, ‘प्रविधि, नवप्रवर्तन र परिवर्तनको नयाँ सोच बोक्ने सहिदहरूको योगदान अतुलनीय छ। अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको चाहनालाई जोड्दै निष्पक्ष, पारदर्शी र सम्भावनाले भरिपूर्ण नेपाल निर्माणमा अघि बढ्न यो दिवसले हामी सबैलाई प्रेरणा मिलोस्।’
आज देशभर सहिद दिवस मनाइँदैछ। गत भदौ २३ गतेको आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
प्रकाशित: २३ भाद्र २०८३ ११:४३ मंगलबार