राजनीति

पुराना दलले केही गरेनन् भन्ने भाष्य गलत हो: देवेन्द्र पौडेल

फाइल तस्बिर

नेपाली कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले पुराना दलले केही गरेनन् भन्ने भाष्य निर्माण भएको भन्दै दु:ख व्यक्त गरेका छन् । यो गलत भाष्य जबरजस्त सिर्जना हुन लागेको उनले बताए । पुराना दलहरुले केही पनि नगरी यहाँसम्म आइपुगेको भन्ने गलत भाष्य निर्माण भएको बताए ।

हिजोपनि ठूला नेताहरुले गल्ति गर्दा सजाए पाएको उदाहरण दिँदै उनले अहिले नै पुरानाले गरेनन् नयाँले गरे भनेर तुलना गर्ने बेला नआएको धारणा राखे ।

उनले भने, ‘फिल्महरुले जस्तै देश अगाडि बढ्छ जस्तो मलाई लाग्दैन् । पुराना दलरुहरुचाँही केही पनि नगरी यहाँसम्म आइपुगेको भन्ने मलाई लाग्दैन् । संविधान बनाए, व्यवस्था फेरिए, कतिपय सुशासनको क्षेत्रमा पनि काम गरे । कमि कमजोरीहरु गर्ने पुरानाहरुलाई पनि हिजो अख्तियार थियो । कारवाही पनि गर्दै आएको हो । हिजोपनि कतिपय ठूला नेताहरु दण्डको भागिदार हुँदै आएको हुन् । त्यसैले पुरानाले गरेनन् नयाँले गरे भनेर अहिले नै तुलना गर्ने बेला आएको छैन ।’

प्रकाशित: २७ चैत्र २०८२ १४:५८ शुक्रबार