पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल लामो समय एकै पार्टीमा काम गरे । सशस्त्रद्वन्द्वको १० वर्षे कठिन यात्रामा सँगै रहे । सत्तासमीकरणमा पनि सँगै यात्रा गरे ।
२०७९ को निर्वाचनमा बाम एकतासँगै निर्वाचनमा होमिँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको तालमेलले नेकपा बन्यो । नेकपा पुरानैदलमा पुगेपछि रामबहादुर थापा एमालेमै रहे । उनी एमालेका उपाध्यक्ष भएर काम गरे ।
अहिलेको प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र एमालेका रामबहादुर थापा दुई दलबाट निर्वाचित भएर संसद छिरेका छन् ।
फरक दलबाट संसद छिरेका यी दुईको आज गज्जब संजोग भयो । दुवै सँगै बसे । सँगै उभिएर शपथ लिए ।
प्रकाशित: १२ चैत्र २०८२ १४:५३ बिहीबार