राजनीति

कथित वरीयताको नाउँमा भागभण्डाका आधारमा तयार गरिएको सेटिङको अन्त्य हुनुपर्छ : थापा

राप्रपा नेता कमल थापाले कथित वरीयताको नाउँमा भागभण्डाका आधारमा तयार गरिएको सेटिङको अन्त्य हुनु जरुरी रहेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीगत भागबण्डाको आधारमा एक दशकभन्दा लामो समयको निमित्त तयार गरिएको सेटिङलाई पुरस्कृत गरिनु नहुने भनाइ राखे।

'कथित वरीयताको नाउँमा भागभण्डाको आधारमा तयार गरिएको सेटिङको अन्त्य हुनु जरुरी छ,' उनले भने, 'पार्टीगत भागबण्डाको आधारमा एक दशकभन्दा लामो समयको निमित्त तयार गरिएको सेटिङलाई पुरस्कृत गरिनु हुँदैन। यो संविधानको उल्लङ्घन होइन, संविधानले नै दिएको अधिकार प्रयोग गरेर विकृतिको शुद्धीकरण गर्ने प्रयास हो।'

प्रकाशित: २४ वैशाख २०८३ ०८:०६ बिहीबार