नेपाली कांग्रेसको १५ औं महाधिवेशन असोजमा हुने भएको छ।
यसअघि मंगलबारको केन्द्रीय समिति बैठकमा भदौमा महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरिएकोमा आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो।
बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्दै यसका लागि वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाएको कांग्रेसले जनाएको छ।
आगामी असोज १६, १७, १८ र १९ मा १५ औं महाधिवेशनको मिति तय गरिएको छ। महाधिवेशन काठमाडौंमा आयोजना हुनेछ। यसअघि २४–२६ भदौमा १५ औं महाधिवेशन प्रस्ताव भएको थियो।
प्रकाशित: ११ चैत्र २०८२ १९:४७ बुधबार