धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी ८४ को निर्वाचनमा आफूलाई भोट दिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले ८४ मा आफूलाई र आफ्नो विचारलाई ठाउँमा पुर्याए मात्र मुलुकमा सुशासन र विकास हुने दाबी गरे।
उनले लेखेका छन्, '८४ मा मेरो विचार र हाम्रो समूहलाई ठाउँमा पुर्याउनु अनि हेर्नु सुशासन र विकासको नमुना! नत्र उइ मुलाको सिन्की उइ मुलाको चाना!'
प्रकाशित: ३० असार २०८२ ०७:१० सोमबार