राजनीति

स्विट्जरल्यान्ड भन्दा सुन्दर बडीमालिका: बालेन्द्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले नेपाललाई अन्य देश जस्तो बनाउने खोक्रो सपना बाँड्नुको सट्टा आफ्नै मुलुकमा रहेका विशिष्ट प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

सुदूरपश्चिमको धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले नेपाल, विशेष गरी सुदूरपश्चिम क्षेत्र स्विट्जरल्यान्ड भन्दा कम नरहेको दाबी गरे।

सम्बोधनका क्रममा नेता शाहले नेपाललाई स्विट्जरल्यान्ड बनाउने पुरानो राजनीतिक नारामाथि कटाक्ष गरे।

उनले भने, ‘मानिसहरूले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन्। तर स्विट्जरल्यान्डको बाउ यही बडीमालिकामा छ, स्विट्जरल्यान्डको पराकाष्ठा रामारोशन यहीँ छ, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ। हाम्रो ठाउँ आफैँमा यति सुन्दर छ भने किन अर्कै देश जस्तो बनाउने ?’

उनले नेपालीहरू प्रशस्त स्रोत र सम्भावना भएर पनि त्यसलाई चिन्न नसकेको अवस्थामा रहेको टिप्पणी गरे। ‘हामी नेपाली माल पाएर पनि चाल नपाएको मानिस हौँ। हामीसँग भएको बहुमूल्य चिज हामीले संसारलाई देखाउनै सकेका छैनौँ,’ शाहले भने।

प्रकाशित: ६ फाल्गुन २०८२ १६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App