राजनीति

सूर्य थापा भन्छन्: दमकल नपठाउने अपराधी उही थियो

नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौँका मेयर बालेन शाहलाई घुमाउरो ढङ्गबाट कडा आरोप लगाएका छन्। शाहको नाम उल्लेख नगरी उनले राजधानीका मेयरलाई त्यो कुर्सीमा  एक मिनेट पनि बस्न लायक नभएको बताए। 

‘दमकल नपठाउने अपराधी उही थियो र दमकल रोक्ने भिड पनि उसकै थियो।सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत र संसद् भवन उसकै भिजिलान्तेहरूले जलाएका थिए भन्ने छर्लङ्ग भइसकेको तथ्य छ,’थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भदौ २४ गते ५४ जना मान्छेको जसरी ज्यान गयो, त्यही रहस्यमय लुसिफर डार्कम्यानकै उक्साहटमा नै गएको थियो। ऊ विदेशीको शिखण्डी र अपराधी हत्यारा हो। राजधानीको मेयरको कुर्सीमा एक मिनेट पनि बस्न लायक छैन।’

प्रकाशित: २२ आश्विन २०८२ ०९:५८ बुधबार