राजनीति

भूमिहीनका पक्षमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य : विष्णु रिजाल

नेकपा एमालेका विष्णु रिजालले भूमिहीनका पक्षमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन्।

सर्वोच्चले भूमि आयोग र यसका जिल्ला कार्यालय खारेजी गर्ने सरकारको निर्णय बदर गरेपछि रिजालले यस्तो बताएका हुन्।

राष्ट्रिय भूमि आयोगले अब कामको गति बढाएर भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको समस्या सधैंका लागि समाधान गर्नुपर्ने उनको भनाइ छ।

'भूमिहीनका पक्षमा आजको सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ,' उनले  राष्ट्रिय भूमि आयोगले अब कामको गति बढाएर भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको समस्या सधैंका लागि समाधान गर्नुपर्छ।

मन्त्रिपरिषद्ले गत असोज २३ गते भूमि आयोग र यसका जिल्ला कार्यालय खारेज गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १५ मंसिर २०८२ २१:२१ सोमबार