राजनीति

ओली अध्यक्षमा तेहेरिएपछि सुमनाको आक्रोश : हामी साँच्ची २२-२४ राज्यको जमानामा पुग्यौँ

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षसहित अधिकांश पदमा पुरानै नेताले जितेपछि सुमना श्रेष्ठले असन्तुष्टि व्यक्त गरेकी छिन्। नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको जितलाई टिप्पणी गर्दै उनले यसलाई ‘देशको यो हालत हुनुमा दलहरू भित्र लोकतन्त्रको अभ्यास नहुनू नै हो’ भनेकी छिन्।

उनी लेख्छिन्, ‘देशको यो हालत हुनुमा दलहरू भित्र लोकतन्त्रको अभ्यास नहुनू नै हो। प्रधानमन्त्रीमा म्युजिकल चेयर रोकनको लागि ठुलो राजनीतिक परिवर्तन नभई भएन। यो संख्यामा मात्र हैन राजनीतिक चेतनामा बढी चाहियो।’ 

उनले अगाडि लेखेकी छन्, ‘२३ गते बिर्सन सक्ने नागरिक देश भन्दा बढी पार्टीको भयो। हामी साँच्ची २२-२४ राज्यको जमानामा पुग्यौँ।’

बिहीबार ओली प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले हराएर एमाले अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। तर पोखरेलले केन्द्रीय सदस्यमा जित हात पारेका छन्।

प्रकाशित: ४ पुस २०८२ १२:५८ शुक्रबार