राजनीति

उखु किसान आन्दोलन: ऐक्यबद्धतामा विपक्षी नेता र दलको लर्को

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

बजेटको अभाव देखाउँदै सरकारले उखुमा दिँदै आएको अनुदान रकम आधा घटाएकामा उखु किसान तीन दिनदेखि आन्दोलित छन्।

सरकारले अनुदान रकममा प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान काठमाडौं आएर आइतबारबाट माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्।

उखु किसान सरकारविरुद्ध आन्दोलित भएपछि त्यसमा ऐक्यबद्धता जनाउन विपक्षी दलहरूको लर्को लागेको छ। मंगलबार मात्रै पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई माइतीघर पुगेर किसानहरूसँग धर्नामा बसेका छन्।

यस्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उखु किसानको आन्दोलनलाई ऐक्यबद्धता जनाउन माइतीघर पुगेका छन्।

माइतीघरमा मधेसका जिल्लाहरू महोत्तरी, सर्लाही, रौतहट, सिराहा, बारा र पर्साका साथै गण्डकी प्रदेशको नवलपरासीका किसान आन्दोलनरत छन्।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १० भाद्र २०८२ १५:०६ मंगलबार