राजनीति

श्रम संस्कृति पार्टीमा सुदन किराती समूहको प्रवेश, १८ नेताले पाए जिम्मेवारी

श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारीसहित १८ नेताले विभिन्न जिम्मेवारी पाएका छन्। नयाँ संरचनाअनुसार सुदन किराती वरिष्ठ नेताको भूमिकामा रहने भएका छन् भने प्रकाश विकल्प उपाध्यक्ष र टीकाराम राई सचिवमा चयन भएका छन्।

पार्टी नेतृत्वका अनुसार किराती समूहको समावेशसँगै संगठन थप सुदृढ हुने र पार्टीको राजनीतिक भूमिका अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। यसले सदनदेखि सडकसम्म बलियो प्रतिपक्षको अभ्यास गर्न मद्दत गर्ने दाबी गरिएको छ।

पार्टी सचिव टीकाराम राईका अनुसार नयाँ सहभागिताले संगठनलाई जनजीविकाका मुद्दामा अझ सक्रिय बनाउनेछ। उनले श्रमिक, किसान तथा आम नागरिकका समस्यालाई सशक्त रूपमा उठाउँदै अघि बढ्ने पार्टीको योजना रहेको बताएका छन्।

 

प्रकाशित: ३१ वैशाख २०८३ १०:३० बिहीबार