बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन्। उनलाई गृहमन्त्रीमा नियुक्त गरेर आजै सपथ ग्रहण गराइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सरकारले गुरुङको छानबिन समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार गुरुङमाथि गठन भएको समितिको प्रतिवेदन अध्ययन गरेर अगाडिको प्रक्रियामा बढ्ने छ।
साथै, गुरुङलाई पुन: गृहमन्त्री बनाउने निर्णय सरकारले हालसम्म नगरेको उनको भनाइ छ।
यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। सरकारले उनीमाथि छानबिन गर्न एउटा समिति बनाएको थियो।
आज सपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको कार्यालय स्रोतले बतायो।
प्रकाशित: २६ जेष्ठ २०८३ १२:२३ मंगलबार