राजनीति

रास्वपा उपसभापतिमा कडा प्रतिस्पर्धा!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछाने र एक उपसभापतिमा डा स्वर्णिम वाग्लेलाई निर्विरोध चयन गर्ने तयारी गरेको छ।

यस्तै, बरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह यथावत् छन् भने बाँकी रहेको अन्य पदको लागि प्रतिस्पर्धा हुने भएको छ।

रास्वपाको संशोधित विधानबमोजिम उपसभापतिमा एक महिलासहित तीन उपसभापति रहनेछन्। अर्थमन्त्री समेत रहेका वाग्लेको स्थान सुरक्षित हुँदा एक महिला र एक खुलामा प्रतिस्पर्धा हुनेछ।

उपसभापतिको लागि पाँचजना मन्त्रीहरुले आकांक्षा राखेका बताइएकोे छ। खुलातर्फ ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार मन्त्री सुनिल लम्साल र परराष्ट्रमन्त्री शिशिर खनालले आकांक्षी रहेका छन्।

यस्तै, महिलातर्फ कानुनमन्त्री सोविता गौतम, सङघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पतिभा रावल र समिक्षा बाँस्कोटाले आकांक्षा राखेका छन्।

रास्वपा महाधिवेशन केहि बेरमा सुरु हुँदैछ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा उद्घटन गर्ने तयारी रहेको छ। महाधिवेशन असार ९ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ७ असार २०८३ १४:५४ आइतबार