राजनीति

२५ बढि क्षेत्रमा हड्ताल गर्न नपाइने

फाइल तस्बिर।

दैनिक उपभोग्य बस्तु लगायत २५ वटा सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने भएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न २५ क्षेत्रमा आम हडताल गर्न नपाउने बनाएको हो। 

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी हड्ताल निषेध गरिएको राजपत्रमा उल्लेख छ।

सरकारले तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्ग, प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधी, फोहोरमैला, बैंक, बीमा, विद्युत्, दैनिक उपभोग्य बस्तु राहदानी लगायतका क्षेत्रमा हड्ताल गर्न नपाइने भएको हो।

प्रकाशित: २६ जेष्ठ २०८३ १५:२६ मंगलबार