राजनीति

३५ वर्षसम्म काम भएन भन्न छाड्नुस, अब काम गरेर देखाउनुस् : खुश्बु ओली

प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले विगत ३५ वर्षको राजनीतिक बहस दोहोर्‍याउनुभन्दा वर्तमान सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताएकी छन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले ‘३५ वर्षमा के भयो?’ भन्ने प्रश्न उठाइरहनुभन्दा अघिल्ला सरकारले गर्न नसकेका काम वर्तमान सरकारले पूरा गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताइन्। 

उनले विगत ३५ वर्षको राजनीतिक यात्राको जिम्मेवारी सबै वर्तमान प्रतिनिधिमाथि नपर्ने र अहिले संसदमा आएकाहरु विगतमा सक्रिय राजनीतिमा नभएको भन्दै आरोपप्रत्यारोप लगाउनु भन्दा काम गरेर देखाउनुपर्ने बताएकी हुन्। 

बैठकमा बोल्दै उनले भनिन्, ‘३५ वर्ष उहाँहरूले नगरेका काम अब तपाईँहरू गर्नुस्। लेट्स लिड बाइ एक्जाम्पल। ३५ वर्षको आक्रोशले आज सत्ता पक्षलाई यो शक्ति दिएको छ भने त्यही ३५ वर्षको अपेक्षा पनि तपाईँहरूको काँधमा आएको छ।’ 

प्रकाशित: २२ श्रावण २०८३ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App