राजनीति

पुस मसान्तमा विशेष महाधिवेशन हुन्छः गगन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तमै विशेष महाधिवेशन अनिवार्य बनेको कुरा दोहोर्‍याएका छन्। शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाखमा नियमित महाधिवेशनको मिति तय गरेपछि विशेष महाधिवेशन अनिवार्य बनेको उनले बताएका हुन्।  

‘अब विशेष महाधिवेशन अनिवार्य भयो। म सभापति र केन्द्रीय समितिलाई आग्रह गर्छु–विशेष महाधिवेशन गरौँ,’ गगनले भने, ‘नभए पार्टी केन्द्रले गर्छ। केन्द्र भन्नाले केन्द्रीय कार्यालयले हो, केन्द्रीय कार्यालय भनेको महामन्त्री हो।’  

प्रकाशित: १८ पुस २०८२ १८:३३ शुक्रबार