सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई सदनमा उठेका प्रश्नहरूको जवाफ दिन रुलिङ गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रका बारेमा उठेका विषयहरूमा जवाफ दिन निर्देशन दिएका हुन्।
सभामुख अर्यालले भने, ‘माननीय सदस्यहरूले लामो समयदेखि प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएको छ। प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’
प्रकाशित: १ भाद्र २०८३ १३:५५ सोमबार