राजनीति

गणेश पराजुलीका 'अमर्यादित' हटाउन सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा मंगलबार सांसद गणेश पराजुलीले प्रयोग गरेका केही शब्द संसदीय मर्यादाविपरीत भएको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा पराजुलीले  ‘भरौटे’ र ‘कपडा लगाएपनि नाङ्गै हिँडेको’ लगायतका अभिव्यक्तिलाई संसदीय मर्यादा विपरीत रहेको भन्दै सभामुख अर्यालले संसद् सचिवालयलाई  रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।  

सभामुख अर्यालले संसद्मा प्रयोग हुने भाषा मर्यादित, सभ्य र संसदीय अभ्यासअनुकूल हुनुपर्ने बताउँदै  संयमित  हुन आग्रह गरेका छन् ।  

प्रकाशित: ३१ वैशाख २०८३ ११:४८ बिहीबार