राजनीति

आईपीयू महासभामा सहभागी हुन सभामुख अर्याल आइतबार जेनेभा जाने

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा आफ्नो सहभागिताबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।

सभामुख अर्यालले शुक्रबार राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्दै महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको जानकारी गराएका हुन्।

भेटका क्रममा सभामुखले आफ्नो विदेश भ्रमण तथा आईपीयू महासभामा नेपालको सहभागिताबारे राष्ट्रपतिलाई अवगत गराएको जनाइएको छ।

अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा विभिन्न देशका संसद् तथा सांसदहरूको सहभागिता रहनेछ। महासभामा सहभागी हुँदै सभामुख अर्यालले नेपालको संसदीय अभ्यास तथा अन्तरव्यवस्थापिका सहकार्यका विषयमा प्रतिनिधित्व गर्नेछन्।

प्रकाशित: १६ आश्विन २०८३ १५:०८ शुक्रबार