राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भंग भए पनि दुबै दलले आआफ्ना आकस्मिक बैठक बोलाइसकेका छन्।
पार्टी नेतृत्वका लागि कुलमान घिसिङले तयारी गरेका छन् । तर उज्यालो नेपालका केही सदस्यहरू अझै एकताको पक्षमा उभिने संकेत दिएका छन्।
एक केन्द्रीय सदस्यले भने, ‘पार्टी एकता भइसकेको छ। हामी एकताको पक्षमा छौँ, अब उज्यालोमा फर्किदैनौँ। हामी रास्वपामै रहने निर्णय गरेका छौँ।’
उज्यालो नेपालले हालै ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाएको छ। स्रोतका अनुसार करिब २० जना सदस्य एकताकै पक्षमा उभिएका छन्। अहिले ती सदस्य आन्तरिक छलफलमा छन् र आगामी कदमको रणनीति तय गर्दैछन्।
प्रकाशित: २६ पुस २०८२ १७:३३ शनिबार