राजनीति

संघीय संसद्का दुई समितिको बैठक बस्दै

संघीय संसद्‍ अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्ने छन्।

जसअनुसार सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकको ६१ र ६२ औँ वार्षिक प्रतिवेदनउपर छलफल हुने छ। यो बैठक दिउँसो १ बजे बस्ने छ।

यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ बजे नै बस्ने छ। यो बैठकमा मानवअधिकार सम्बन्धी छैटौं कार्ययोजनाको मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग छलफल गरिने छ।

प्रकाशित: १२ श्रावण २०८२ ११:०८ सोमबार