सिरहा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तपेश्वर यादवको जित सुनिश्चित भएको छ।
सिरहा ४ मा रास्वपाका यादव फराकिलो मतान्तरसहित जित उन्मुख भएका हुन्।
कुल ७० हजार ७७ मत खसेको यस क्षेत्रमा कुल सदर मत ४८ हजार ६४३ गन्ती गर्दा रास्वपाका उम्मेदवार यादवले २८ हजार ६३० मतसहित जित नजिक पुगेका छन्।
उनलाई नेपाली कम्युनिस्ट पार्टीका अजयशंकर नायकले ४ हजार ८५६ मतसहित पछ्याउँदै छन्।
तपेश्वर २३ हजार ७७४ मतले अगाडि छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १७:५४ शनिबार