राजनीति

कांग्रेसमा महाधिवेशन माग गर्दै हस्ताक्षर, आजै केन्द्रीय कार्यालयमा बुझाइने

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले छिटोभन्दा छिटो महाधिवेशनको माग गरेका छन्।

मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने उनीहरूको माग छ। सोही मागका लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरेका छन्। उक्त हस्ताक्षर आज बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा बुझाइने नेपाली कांग्रेस धादिङका पूर्व सभापति रमेश धमलाले जानकारी दिए। 

प्रकाशित: २८ आश्विन २०८२ १३:१७ मंगलबार