राजनीति

शेखरको प्रश्नः सभापतिमा जति जना उठे पनि के फरक पर्छ र?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशनमा सभापति पदमा जति जना उठे पनि फरक नपर्ने बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै लोकतान्त्रिक पार्टीको नेतृत्व लिने चाहना राख्नु स्वाभाविक रहेको बताउँदै यस्तो टिप्पणी गरेका हुन्।  

‘लास्ट टाइम(१४ औँ महाधिवेशन)मा पनि म र शेरबहादुर देउवा जीसहित पाँच जना सभापतिमा भिडेको हो। कांग्रेसमा सभापति हुन ५० प्रतिशत बढी भोट ल्याउनैपर्छ, नभए दोस्रो चरणमा जान्छ,’ कोइरालाले भने,‘त्यसैले जति जना लडे पनि के फरक पर्छ र?’  

आफू पार्टी सभापति लड्दा प्यानलै बनाएर जाने उनले बताए। तर प्यानलमा बस्न नचाहनेले स्वतन्त्र भएर लड्न पनि सक्ने उनले बताए।  

प्रकाशित: ९ पुस २०८२ १९:३८ बुधबार