राजनीति

शर्माको प्रश्न : पत्रकार साथीहरू, तपाईंहरू सुरक्षित हुनुहुन्छ ?

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले देशमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि प्रश्न उठाउँदै पत्रकारहरूलाई निर्भयतापूर्वक समाचार लेख्न सक्ने वातावरण छ कि छैन भनेर प्रश्न गरेका छन्। 

कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग संवाद गर्दै शर्माले पत्रकारमाथि हुने सम्भावित दबाब, पक्राउ र त्रासले लोकतन्त्र कमजोर हुने बताए। उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको अवस्थाको महत्त्वपूर्ण मापदण्ड भएको उल्लेख गर्दै पत्रकारलाई आफ्नो व्यावसायिक धर्म निर्वाह गर्न आग्रह गरे। 

‘नेपाली सञ्चार क्षेत्रलाई हाम्रो प्रश्न छ– के तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ? ’ शर्माले प्रश्न गरे। 

उनले दोस्रो विश्वयुद्धपछि प्रचलित भएको एउटा भनाइ स्मरण गर्दै अन्य समुदायमाथि दमन हुँदा नबोल्ने समाज अन्ततः आफैँ समस्यामा पर्ने चेतावनी दिए। पत्रकारहरू स्वयं असुरक्षित भएपछि मात्र आवाज उठाउने अवस्था आउन नहुने उनको भनाइ थियो। 

प्रकाशित: १८ कार्तिक २०८३ १७:५९ बुधबार