राजनीति

शरतसिंह भण्डारीलाई जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना हुने एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा सहभागी हुन जाने भएका छन्।

जसपा नेपालका अनुसार यादव आगामी कात्तिक १८ देखि २१ गते (नोभेम्बर ४ देखि ७, २०२६) सम्म हुने आईक्यापको १३औँ महासभामा सहभागी हुन दक्षिण कोरिया जान लागेका हुन्।

यादवको अनुपस्थितिमा पार्टीका सह–अध्यक्ष शरतसिंह भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ। पार्टी अध्यक्ष यादवले भण्डारीलाई सम्बोधन गर्दै पठाएको पत्रमा पार्टी विधानअनुसार उक्त अवधिमा कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरिएको उल्लेख छ।  

एसियाली राजनीतिक दलहरूबीच सहकार्य, संवाद र सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना हुने उक्त सम्मेलनमा जसपा नेपालको सहभागिता रहने भएको हो।

प्रकाशित: १७ कार्तिक २०८३ १४:२५ मंगलबार